अकोराबमा कांग्रेस–ओली पक्षीय गठबन्धन घोषणा, कसले के पाए ?

192

 काठमाडौं । देशभरका सामुदायिक रेडियोहरुको छाता संस्था सामदायिक रेडियो प्रशारक संघ (अकोराब) मा नेपाली कांग्रेस–ओली गठबन्धन सहमतिको घोषणा गरिएको छ ।

अहिलेसम्म एमालेमा आवद्ध व्यक्तिले नेतृत्व गर्दै आएको अकोराबको अध्यक्ष पहिलोपटक कांग्रेस निकट प्रेस युनियनले पाएको छ ।

बानेश्वस्थित इन्द्रेणी फुडल्यान्डमा घोषणा गरिएको सहमतिअनुसार अध्यक्ष र महासचिव प्रेस युनियन, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष प्रेस संगठन नेपाल ओली समूहलाई दिने सहमति बनेको छ ।

शनिबार साँझ भएको सहमतिअनुसार युनियनको नेतृत्वमा साझा उम्मेदवारी दिइने सहमति भएको थियो ।

कांग्रेस–ओली पक्षीय गठबन्धनमा जसपा, नेकपा मसाल, राप्रपालगायत साना दल आवद्ध सञ्चाकर्मीहरु पनि सामेल भएका छन् ।

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा समेत सहकार्य गर्ने गरी यो गठबन्धन बनेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...