लागुऔषध ट्याब्लेटसहित पक्राउ

254

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट नियन्त्रीत लागुऔषध ट्याब्लेटसहित १ जना पक्राउ परेका छन् ।

आइतबार दिउँसो सवा ३ बजेको समयमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-६ का ३९ वर्षीय विकाश अग्रवाललाई लागुऔषध नाइट्राभेट ३ सय चक्की र स्पास्मोप्रोक्सिवन ११४ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका अग्रवालको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...