भारत टेष्ट च्याम्पियनसीपको फाइनलमा, इंग्ल्यान्ड एक इनिङ्स २५ रनले पराजित

473

काठमाडौं । टेष्ट च्याम्पियनसीय अन्तर्गत भारत फाइनलमा प्रवेश गरेको छ । चौथो टेष्टमा इंग्ल्यान्डलाई एक इनिङ्स २५ रनले पराजित गर्दै फाइनलमा न्युजिल्यान्डसँग भेट पक्का गरेको हो ।

अहमदावादस्थित नरेन्द्र माेदी स्टेडियमा जारी चौथो टेष्टको तेस्रो दिन भारतलाई ३ सय ६५ रनमा समेट्दै दोस्रो पारीको सुरुवात गरेको इंग्ल्यान्डले १ सय ३५ रन मात्र बनाउन सक्यो ।

पहिलो पारीमा १ सय ६० रनले पछि परेको इंग्ल्यान्डका दानिएल लावरेन्सले ५०, जो रुटले ३० तथा बेन स्ट्रोक्सले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतका रविचन्द्रन आश्विन र अक्षर पटेलले समान ५–५ विकेट लिए ।

इंग्ल्यान्डले पहिलो पारीमा २ सय ५ रन बनाएको थियो ।

भारतले पहिलो इनिङ्समा ३ सय ६५ रन बनाएको थियो । विकेटकिपर ब्याट्सम्यान रिषभ पन्तले शतकीय पारी र अलराउण्डर वासिङ्टन सुन्दरले अविजित ९६ रनको पारी खेलेपछि भारतले सो रन बनाएको थियो ।

पन्तले १ सय १ तथा सुन्दरले ९६ रन बनाए । यस्तै, रोहित शर्माले ४९, अक्षर पटेलले ४३ र अजिङ्क्य रहानेले २७ रनको योगदान दिए ।

इंग्ल्यान्डलाई ३–१ ले सिरिज जितसँगै भारत टेष्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । भारतले फाइनलमा न्युजिल्यान्डसँग इंग्ल्यान्डको गब्बा मैदानमा खेल्नछ ।

पहिलो टेष्टमा २ सय २७ रनले भएको भारतले उत्कृष्ठ पुनरागमन जनाउँदै दोस्रो खेलमा ३ सय १७ तथा तेस्रो खेलमा १० विकेटले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...