रिषभ पन्तको शतकीय पारीको मद्धतमा भारतलाई अग्रता

478

अहमदावाद । टेष्ट च्याम्पियनसीप अन्तर्गत इंग्ल्यान्डविरुद्धको चौथो टेष्टमा भारतले पहिलो इनिङ्समा ८९ रनको अग्रता बनाएको छ ।

टेष्टको दोस्रो दिनको समाप्तीमा भारतले ७ विकेटको क्षतिमा २ सय ९४ रन बनाएपछि ८९ रनको अग्रता लिएको हो ।

भारतका लागि विकेटकिपर ब्याट्सम्यान रिषभ पन्तले शतक प्रहार गरे । पन्तले ८३.१औँ ओभरमा इंग्ल्यान्डका कप्तान जो रुटको बलमा छक्का प्रहर गर्दै टेष्ट क्रिकेटमा तेस्रो शतक पुरा गरे ।

१ सय १८ बलमा १ सय १ रन बनाएर पन्त आउट भए । यस्तै, रोहित शर्माले ४९, अजिङ्क्य रहानेले २७ तथा रविचन्द्रन आश्विन १३ रनमा आउट भए ।

वासिङ्टन सुन्दर र अक्षर पटेल ६० र ११ रनमा अविजित रहेका छन् ।

इंग्ल्यान्डका जेम्स एन्डरसनले ३, बेन स्ट्रोक्स र ज्याक लिचले समान २–२ विकेट हात पारे ।

अहमदावादस्थित, नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २ सय ५ रन बनाएको थियो ।

इंग्ल्यान्डका बेन स्ट्रोक्सले ५५, दानिएल लवरेन्सले ४७, ओली पोपले २९ तथा जोनी बेइस्ट्रोले २८ रन बनाए ।

Share This:
सम्बन्धित खबर
Loading...