एपिएफ टोलीद्वारा लागुऔषधसहित पक्राउ

151

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीपुलस्थित सीमा इलाकाबाट बुधबार एपिएफ टोलीले करिब १ ग्राम ३१ मिलि ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको अर्जुनधारा नगरपालिका १० कालीझोडा बस्ने १९ वर्षीय विक्रम तोलाङ्गे रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा पोष्ट मेचीबाट खटिएको एपिएफ टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई एपिएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त ब्राउन सुगर फेला पारेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज तोलाङ्गेलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका १ स्थित सीमा इलाकाबाट बुधबार एपिएफ टोलीले करिब १ केजी ५ सय ग्राम गाँजासहित सोही जिल्लाको कलैया उपमहानगरपालिका ७ बस्ने २२ वर्षीय अम्जत अन्सारीलाई पक्राउ गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...