एकै खेलमा बन्यो दुई विश्व कीर्तिमान

139

काठमाडौं । श्रीलंका र वेष्ट इन्डिजविरुद्धको टी–२० प्रतियोगिताको तेस्रो खेलमा दुई विश्व कीर्तिमान बनेको छ । दुई कीर्तिमानमध्ये एक वेष्ट इन्डिजका ब्याट्सम्यानले बनाए भने अर्को श्रीलंकाका बलरले बनाएका छन् ।

पहिलो टी–२० मा श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेष्ट इन्डिजका किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गर्दै भारतीय ब्याट्सम्यान युवराज सिंहको कीर्तिमान तोडेका छन् ।

पोलार्डले ह्याट्रिक विकेट लिएका श्रीलंकाका बलर अकिला धनञ्जयको बलमा लगातार ६ छक्का प्रहार गरे । उनले पहिलो बल लङ–अन, दोस्रो बल स्ट्रेट, तेस्रो बलमा लङ–अफ, चौथो बल मिड विकेटमा, पाँचौँ र छैठौँ बल पुनः लङ–अनमा प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार एकै ओभरमा छक्का प्रहार गर्ने तेस्रो खेलाडी बने ।

यसअघि दक्षिण अफ्रिकाका हर्सल गिब्सले एकदिवसीय विश्वकप क्रिकेटमा र भारतका युवराज सिंहले टी–२० विश्वकपमा छक्का प्रहार गरेका थिए ।

गिब्सले २००७ मा नेदरल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट विश्वकपमा कीर्तिमान बनाएका थिए भने युवराजले सोही वर्ष दक्षिण अफ्रिकामा भएको पहिलो टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए ।

सोही खेलमा अकिला धनन्जयले ह्याट्रिक विकेट समेत लिएका छन् । धनन्जयले चौथो ओभरको दोस्रो, तेस्रो र चौथो ओभरमा इविन लुइस, क्रिस गेल र निकोलास पूरनलाई आउट गर्दै टी–२० क्रिकेटमा ह्याट्रिक लिने १४औँ खेलाडी बने ।

उक्त खेलमा वेष्ट इन्डिज ४ विकेटले विजयी भएको थियो । जितसँगै वेष्ट इन्डिजले तीन खेलको टी–२० सिरिजमा १–० को अग्रता लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...