लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

299

झापा । झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी-९ का २७ वर्षीय अनुप तामाङ रहेका छन् ।

खत्रीलाई ३ ग्राम खैरोहिरोइन र तामाङलाई १ ग्राम खैरो हिरोइनसहित लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...