कोरोना संक्रमित प्रदेशसभा सदस्य कुँवरको हेलीकप्टरमार्फत काठमाडौं लगियो

248

कैलाली । कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्क बहादुर कुँवरलाई हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाडौं लगिएको छ ।

१४ गते कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका सांसद कुँवरलाई सेती प्रादेशिक अस्पतालले मंगलबार काठमाडौं रेफर गरेको हो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारको लागि हवाई उद्धार गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिसमेत रहेका कुँवरको अहिले काठमाडौं ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...