प्रवीण बाँस्तोला मृत्यु प्रकरण : धरानबाट थप एक पक्राउ

487

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बाँस्तोल मृत्यु प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीले धरानबाट १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिए ।

उर्लाबारी नगरपालिका–५ का प्रवीणको गत पुस ५ मा शंकास्पद अवस्थामा मृत्यु भएको थियो । प्रवीणको हत्या आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । त्यसमध्ये सुदीप परियार पक्राउ परेका हुन् ।

यसअघि पक्राउ परेका मोरङ रतुवामाई–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई गत बिहीबार मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

उर्लाबारी–९ का ४३ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...