विराटनगरमा स्यानिटाइजर पिउँदा दुई जनाको मृत्यु

145

विराटनगर । स्यानिटाइजर पिउँदा बेग्लाबेग्लै घटनामा मोरङका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका ४ का ६० वर्षीय दिनेश मण्डल छन् ।

गिरी झापाको शिवसताक्षी नगरपालिका ४ घर भई विराटनगर महानगरपालिका १७ रघुपति जुटमिलको क्वाटरमा बस्ने गर्थिन् । उनले मदिरा भनेर सेनिटाइजर पिएकी थिइन् । मदिराको नशामा लठ्ठ भएकै बेला गिरीले शनिबार राति ११ बजे आधा लिटर स्यानिटाइजर पिएकी थिइन् ।

स्यानिटाइजर पिउँदा गर्दा सिकिस्त भएका उनीहरुको उपचारका क्रममा विराटनगरस्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

त्यसैगरी मण्डलले पारिवारिक विवाद बढ्दा स्यानिटाइजर पिएको खुल्न आएको छ । मण्डलले पनि शनिबार राति १० बजेतिर स्यानिटाइजर पिएको खुलेको प्रहरीले जनाएको छ । उनीहरुको कोसी अस्पताल उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...