क्रिस गेलको १८ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन

162

एजेन्सी । वेष्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल एक पटक फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङ देखाउन तयार भएका छन् । गेल १८ महिना पछि वेष्ट इन्डिज टोलीमा फर्किएका हुन् ।

श्रीलंकाविरुद्धको टी–२० सिरिजका लागि घोषणा गरिएको १४ सदस्यीय टोलीमा गेललाई पनि सामेल गरिएको छ ।

गेलले अन्तिम पटक अगस्ट २०१९ मा खेलेका थिए । भारतविरुद्ध १४ अगस्ट २०१९ मा खेलेको खेलमा गेलले ४१ बलमा ७२ बनाएको थियो ।

गेलसँगै फिडेल एडवर्ड्सले पनि टोलीमा पुनरागमन जनाएका छन् । उनी ९ वर्षपछि टिममा परेका हुन् ।

आन्द्र रसेल, सुनिल नारायण र शिम्रोन हिटमेयरले भने टोलीमा स्थान पाएका छैनन् । उनीहरुलाई बाहिर राखिएको छ ।

वेष्ट इन्डिज र श्रीलंकाबीच ३ देखि ७ मार्चसम्म तीन टी–२० खेले हुनेछ ।

वेष्ट इन्डिज टोली
किरोन पोलार्ड (कप्तान) निकोल्स पुरन, फेवियन एलन, ड्वेन ब्राबो, फिडेल एडर्ड्स, आन्द्र फ्लेचर, क्रिस गेल, ज्यासन होल्डर, अकिल होसेन, एविन लुइस, ओबेड म्याक्वे, रोभमन पावेल, लेन्डल सिमन्स, केभिन सिङ्क्लेर

Share This:
सम्बन्धित खबर
Loading...