एडिलेड । इगा स्वीएटेक एडिलेड इन्टरनेसनल टेनिस प्रतियोगितको फाइनलमा प्रवेश गरेकी छन् ।
शुक्रबार मेमोरियल ड्राइभ सेन्टर कोर्टमा भएको पहिलो सेमिफाइनलमा इगाले स्वीट्जरल्यान्डकी जिल टेकमनलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेकी हुन् ।
पाँचौँ वरियताकी पोल्यान्डकी इगा स्वीएटेकले जिललाई खेलमा फर्कने अवसर दिइनन् । उनले ६–३ र ६–२ को सोझो सेटमा पाखा लगाइन् ।
इगाले कोको गउफ र बेलिन्डा बेन्सिकबीच दोस्रो सेमिफाइनको विजेतासँग उपाधिका लागि भिड्नेछिन् ।