ट्याबलेटमा पाउन सकिन्छ कोरोना भ्याक्सिन !, अन्वेषकले सुरु गरे अनुसन्धान

804

एजेन्सी । कोरोना भ्याक्सिनको नाममा इन्जेक्सनबाट डराउने व्यक्तिका लागि खुशिको खबर मिलेको छ । कोरोना भाइरसको भ्याक्सिन इन्जेक्सनको स्थानमा ट्याबलेट पाउने सम्भावना रहेको छ । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकले यस सम्बन्धी काम सुरु गरेका छन् ।

बेलायती पत्रिका ‘डेली मेल’ काअनुसार अक्सफोर्ड एस्ट्राजेनेका भ्याक्सिनका प्रमुख डेवलपर सारा गिल्बर्टले आफ्नो टिमका साथ ‘इन्जेक्स फ्री भ्याक्सिन’मा काम गर्न सुरु गरेकी छन् । वैज्ञानिकको टोलीले कोरोना भाइरसको यस्तो भ्याक्सिनको खोज गरिरहेको छ जुन बच्चालाई फ्लूमा दिने नेजल स्प्रे वा पोलियो भ्याक्सिनेसनमा दिइने ट्याबलेट जस्तो होस् ।

यो इन्जेक्सनदेखि डराउनेहरुका लागि मात्र नभएर विश्वका पूरै भ्याक्सिन अभियानका लागि पनि राहत मिल्नेछ । यसका साथै भ्याक्सिन ठिक तापक्रममा भण्डारण गर्ने झनझटबाट पनि मुक्ति मिल्नेछ । प्रोफेसर गिल्बर्टले भनिन्, “ट्याबलेट वा नेजल स्प्रेले फोक्सो, घाँटी र नाकको प्रतिरक्षा कोशिकाले राम्रोसँग काम गर्दछ ।”

प्रोफेसर गिल्बर्टले ‘हाउस अफ कमन्स साइन्स एन्ड टेक्नोलोजी कमिटी’ लाई बताइन्, “त्यहाँ धेरै फ्लू खोपहरु छन् जुन नोजल स्प्रेमार्फत दिइन्छ र यो प्रकारमा कोरोना भाइरस खोप बनाउने राम्रो कदम हो । अन्य खोपको पनि विचार गरिरहेको छ । जुन इन्जेक्सनसँग समस्या छ, तिनीहरुले पनि ट्याबलेटको माध्यमबाट खोप लिन सक्छन् ।”

“कोरोना भाइरसको नेजल स्प्रे र ट्याबलेट भ्याक्सिन उत्पाद गर्न केही समय लाग्छ, किनभने सुरक्षा र प्रभावकारिताका लागि सबैभन्दा पहिले उनीहरुको परीक्षण गर्नुपर्ने छ ।” प्रोफेसर गिल्बर्टले भनिन्, “इन्जेक्सन भ्याक्सिनको तुलनामा नोजल स्प्रे र ट्याबलेट भ्याक्सिनबाट प्रतिरक्षा प्रतिक्रिया अलि फरक हुनेछ, तर यसको फाइदाहर बढी हुन्छन् । त्यसकारण हामी भविष्यमा खोप दिने विभिन्न तरिकाहरुमा विचार गर्नेछौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...