अदालतको फैसलाले पार्टी अझ बलियो बनाउने अवसर मिल्यो : तामाङ

213

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा पूर्वकानुनमन्त्री शेर बहादुर तामाङले सर्वोच्च अदालतको फैसलाले आफूहरुलाई अब दुई वर्ष पार्टी अझ बलियो बनाउने अवसर मिलेको टिप्पणी गरेका छन् ।

ओली पक्षीय युवा संघको बैठमा बुधाबार काठमाडौंमा बोल्दै तामाङले भने यसको ठीक उल्टो फैसला आएको भए सायद आज उहाँहरुले आगो बालिरहनुभएको हुन्थ्यो । तर, हामी संयमित छौँ र दुई वर्ष संगठन गर्ने अवसर पाएका छौँ ।

तामाङले अदालत र संवैधानिक निकायका निर्णयले राजनीतिक पार्टी नबन्ने भन्दै विचारका आधारमा अघि बढ्ने बताए । उनले अझै पनि केपी ओली प्रथम अध्यक्ष भएकाले ओलीले बोलाएको बैठक प्रचण्ड नेपाल समूह सहभागी भएमा पार्टी एकता हुनसक्ने दाबी गरे ।

उनले आफू अवसर र पदका लागि ओली पक्षमा नलागेको र अदालतको फैसलाबाट निराश हुनुपर्ने अवस्था नभएको समेत बताए ।

Share This:
सम्बन्धित खबर
Loading...