अमेरिका म्यानमारका जनताको साथमा छ : अमेरिकी विदेशमन्त्री ब्लिङ्कन

343

एजेन्सी । अमेरिकाले म्यानमारमा सैनिक विरोधका विरुद्ध म्यानमारका जनतालाई समर्थन गर्ने बताएकाे छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले एक विज्ञप्तिमा अमेरिका म्यानमारको जनाताको साथमा रहेको बताएका हुन् ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले भने, “म्यानमारका जनताको विरुद्धमा हिंसा फैलाउनेहरुका विरुद्ध अमेरिकाले कडा कारबाही गर्न जारी राख्ने छ किनकी उनीहरुले लोकतान्त्रिकरुपमा निर्वाचित सरकारको पुनःस्थापनाको माग गरिरहेका छन् ।” उनले भने, “हामी म्यानमारको साथमा उभिरहेका छौँ ।”

म्यानमारका कार्यवाहक राष्ट्रपतिलाई प्रतिबन्ध लगाएको १० दिनपछि यस्तो आश्वासन आएको हो ।

म्यानमारमा सैनिक ‘कू’ का विरुद्ध दिन प्रतिदिन विरोध प्रदर्शन बढ्दै गइरहेको छ । प्रहरीको बलका बावजुदपनि प्रदर्शन रोकिएको छैन । हजारौँ प्रदर्शनकारीहरु म्यानमारको दोस्रो ठूलो हिर मन्डलेमा सडकमा उत्रिएका छन् ।

फेब्रुअरी १ मा प्रहरीको कुटपिट पछि सुरु भएको विरोध प्रदर्शन प्रहरीको गोलीबाट २ व्यक्तिको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...