पाँच बलले बदलियो दुई क्रिकेटरको भविष्य : एक भए ‘मालामाल’ अर्का भए ‘कंगाल’

197

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सबैभन्दा लोकप्रिय फ्रेञ्चाइज लिग मानिन्छ । २००८ देखि सुरु भएको लिगले अहिलेसम्म धेरै खेलाडीको भाग्य बदलेको छ ।

आइपिएलको प्रदर्शनको बलमा राष्ट्रिय टोलीमा सामेल हुन समेत सजिलो भएको छ । हार्दिक पाण्ड्या, लोकेश राहुल जस्ता स्टार खेलाडी आइपिएलकै देन हुन् । यो लिस्टमा राजस्थान रोयल्सका राहुल तेवतियाको नाम पनि जोडिन गएको छ ।

आइपिएलको पछिल्लो संस्करणमा एक ओभरमा ५ छक्का हिर्काएको तेवतियाको क्रिकेट करियर नयाँ मोडमा मोडियो । आफ्नो बलमा टिमलाई जित दिलाउने तेवतिया सो खेलपछि जितको आपेक्षा लिएर मैदानमा उत्रिन्छन् ।

तर, जुन बलरको बलमा तेवतियाले पाँच छक्का प्रहार गरेका थिए उनको स्थिति तेवतियाको ठिक विपरीत भएको छ । जो हुन् शेल्डन कोटरेल । किङ्स इलावेन पञ्जावबाट खेलेका कोटरेल पछिल्लो सिजनमा साढे ८ करोड मूल्यमा आवद्ध भएका थिए ।

२०२० मा साढे ८ करोड मूल्यमा बिक्री भएका वेष्ट इन्डिजका खेलाडी कोट्रेललाई टोलीले फुकुवा गरेको थियो । २०२१ को अक्सनमा उनलाई कुनै पनि टोलीले खरिद गर्न इच्छा देखाएनन् । उनलाई पछिल्लो सिजनको पाँच बल भारी पर्यो जसको कारणबाट कुनैपनि टोलीले टिममा भित्र्याउन चाहेनन् ।

१७औँ ओभरसम्म पञ्जाव सहज जिततर्फ बढिरहेको थियो । तर १८औँ ओभर खेलको टर्निङ प्वाइन्ट रह्यो । राहुल तेवतियाले कोट्रेलको ओभरमा पाँच छक्का हिर्काउँदै तहल्का मच्यायो ।

Share This:
सम्बन्धित खबर
Loading...