अभिनेत्री रुबिनाले जितिन् १४औँ बिग बोसको उपाधि

262

एजेन्सी । भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४औँ संस्करण टेलिसिरियल अभिनेत्री रुबिना दिलेकले जितेकी छन् ।

यससँगै उनले ३४ लाख भारतीय रुपैयाँ पुरस्कार पनि हात पारिन् । बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने ।

रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार हुन् । उनले श्रीमान् अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।

बिग बोस कार्यक्रम सञ्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए ।

सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो ।

कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट बिदा हुने निर्णय लिएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...