नेपाल इन्जिनियरिङ कलेजको साइटिज् प्रकाशित

122

काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको अनुसन्धानमुलक नयाँ जर्नल साइटिज् (एससिआइटिइसिएच) प्रकाशित भएको छ । वैज्ञानिक तथा प्राविधिक अध्ययनको जर्नल (जर्नल अफ साइन्टिफिक एण्ड टेक्निकल स्टडिज्) आइतबार एक कार्यक्रमबीच विमोचन गरिएको हो ।

पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन सहायक प्राध्यापक राजेश ठगुराथीले जर्नलको विमोचन गरे । त्यस अवसरमा नयाँ नेक बुलेटिनको पनि विमोचन गरियो । २३औँ नेक बुलेटिन विमोचन गरिएको हो । प्रकाशित बुलेटिनमा सन् २०१९ जुनदेखि सन् २०२० अगष्टसम्मका कलेजका शिक्षक, विद्यार्थीलगायतको शैक्षिक गतिविधिहरु संलग्न छन् ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन सहायक प्राध्यापक राजेश ठगुराथी, कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ, कलेजका पूर्व एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसीलगायतका कलेजमा अनुसन्धानको महत्वबारे चर्चा गरे ।

कार्यक्रममा जर्नलका एडिटोरियल मेम्बर, रिभ्यू एटिटर्सहरलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा कलेजका उपप्राचार्य दीपक धामी, एकेडमिक कोअर्डिनेटर बाबुराम भटराई, शिक्षक प्रतिनिधि दुर्गाप्रसाद भण्डारी, जर्नलका प्रबन्ध सम्पादक एसिस्टेन्ट प्रोफेसर सचिन श्रेष्ठलगायलगायतले जर्नलको विविन्न पक्षहरुबारे चर्चा गरे । प्रकाशित यो जर्नल वर्ष १५ अंक १ हो । कलेजले नियमितरुपमा जर्नल प्रकाशित गर्दै आएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...