आज प्रधानमन्त्री ओली विराटनगर आउँदै, सुरक्ष व्यवस्था कडा

347

विराटनगर । प्रधानमन्त्री केपी शर्माा ओली आज नेकपा ओली समूहको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न विराटनगर आउँदै छन् ।

शनिबार अपरान्ह विराटगनरमा हुने आमसभालाई सम्बोधन गर्न ११ बजे प्रधानमन्त्री ओलीसहित पार्टीका शीर्ष नेताहरु एक नम्बर प्रदेश राजधानी विराटनगरमा आउने कार्यक्रम रहेको नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवासचन्द्र नेम्वाङ, मुख्यमन्त्री शेरधन राई लगायतका शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वक्षेत्रमा रहेको मैदानमा आयोजना हुने आमसभामा दुई लाखभन्दा बढी कार्यकर्ताको सहभागीता रहने नेता ढकालले बताए ।

सभामा प्रमुख अतिथिकारुपमा प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरू विराटनगरमा आउनेभएपछि सुरक्ष व्यवस्था कडा बनाइएको छ ।

चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धानबाट सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

सुरक्षा व्यवस्था मजबुत बनाउन नेपाली सेनाको टोली सादा पोशाकमा खटिएको छ । मोरङ प्रहरी प्रमुख प्हरी उपरीक्षक (एसपी) सन्तोष खड्काले विराटनगर र आसपासका स्थानको सुरुक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

“हामीले सुरक्षा सुरक्षा व्यवस्था पहिल्यैदेखि मजबुत बनाएकोे छौँ,” उनले भने, “प्रधानमन्त्रीको सवारी हुने भएकाले सुरक्षाका हिसाबले उच्च सतर्कता अपनाइएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...