१२ कम्पनीले ४ अर्ब ९२ करोड बराबरको आइपीओ निष्कासन गर्दै

862

काठमाडौं  नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या १२ पुगेको छ ।१२ कम्पनीले ४ अर्ब ९२ करोड ७० लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन  ।  सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ४ करोड ९२ लाख ७० हजार ४ सय ४५ कित्ता सेयर सर्वसाधारणलाई जारी हुनेछ ।

धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । आइपीयोको लाइनमा रहेका मध्ये एउटा जीवन बिमा कम्पनी पनि रहेको छ । त्यस्तै, अर्को डिस मिडिया नेटवर्क पनि आइपीओ निस्कासनका लागि लाइनमा बसेको छ ।

यतिबेला दोस्रो बजार वृद्धि भइरहेकाले प्राथमिक बजारमा पनि निकै क्रेज छ । प्राथमिक बजारबाट दोस्रो बजार प्रवेश गर्ने लगानीकर्ताहरुको संख्या पनि वृद्धि भइरहेको छ । धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने अधिकांश कम्पनीले आफ्नो वार्षिक साधारण सभामार्फत आइपीओ निकाष्सन गर्ने पस्ताव पारित गरिसकेका छन् ।

प्राथमिक बजारमा आइपीओ जारी भएपछि सेयर कारोबारका लागि नेप्से तथा सीडीएसमा सूचीकरण गर्नुपर्छ । यसर्थ, आइपीओले पुँजी बजारको दायरा थप फराकिलो पार्ने गर्छ । पछिल्लो समय सर्वसाधारणमा आइपीओ आकर्षण अत्याधिक देखिएको छ । फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताको आगमन पनि बढ्दो क्रममा छ ।                                               आइपीयो निस्कासनको अन्तिम अनुमती कुर्दै गरेका कम्पनिहरु

ipo img1.jpg

 

Share This:
सम्बन्धित खबर
Loading...