चट्याङमा परी १ जनाको मृत्यु

164

तेह्रथुम । तेह्रथुमको लालिगुराँस ७ फिर्के बस्ने ५४ वर्षीय कृष्ण खड्काको चट्याङमा परी मृत्यु भएको छ ।

बिहीबार दिउँसो ३ बजे आफ्नै घर नजिक रहेको गोठमा खोले पकाइरहेको अवस्थामा वर्षासँगै परेको चट्याङमा परी बेहोस भएका थिए ।

बेहोस खड्काको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...