दोस्रो टेष्टमा भारत फराकिलो अन्तरले विजयी

265

चेन्नइ । टेष्ट च्याम्पियनसीप अन्तर्गत इंग्ल्यान्डविरुद्धको दोस्रो टेष्टमा भारत फराकिलो अन्तरले विजयी भएको छ । जितसँगै भारतले ४ खेलको सिरिजमा एक–एकको बराबरी गरेको छ ।

टेष्टको चौथो दिन पाहुना टोली इंग्ल्यान्डलाई १ सय ६४ रनमा समेट्दै ३ सय १७ रनको विशाल जित हासिल पारेको हो ।

इंग्ल्यान्डका मोइन अलीले ४३, कप्तान जोय रुटले ३३, दानिएल लावरेन्सले २६ तथा रोरी ब्रुन्सले २५ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय रन बटुल्न सकेन ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतका अक्षर पटेलले पाँच, रविचन्द्रन आश्विनले ३ तथा कुलदीप यादवले दुई विकेट लिए ।

इंग्ल्यान्डले पहिलो इनिङ्समा १ सय ३४ रन बनाएको थियो ।

पहिलो इनिङ्समा लिएको १ सय ९५ रनको अग्रतासँगै भारतले ४ सय ८१ रनको योगफल बनाएको थियो । दोस्रो पारीमा भारतले २ सय ८७ रन जोडेको थियो ।

दोस्रो पारीमा भारतका रविचन्द्रन आश्विनले शतक प्रहार गरे । आठौँ नम्बरमा ब्याटिङ गर्न आएको आश्विनले १ सय ४८ बलमा १ छक्का र १४ चौकाको मद्धतमा १ सय ६ रन जोडे ।

यस्तै, कप्ता विराट कोहलीले ६२, रोहित शर्माले २६ तथा मोहम्मद सिराजले नटआउट १६ रन बनाए ।

भारतले पहिलो पारीमा रोहित शर्माको १ सय ६१ रनको इनिङ्सको ३ सय ३९ रन बनाएको थियो ।

पहिलो टेष्टमा इंग्ल्यान्ड २ सय २७ रनले विजयी भएको थियो । दुई टोलीबीचको तेस्रो टेष्ट २४ फेब्रुअरीमा अहम्दावादमा हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...