गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ

1

काठमाडौँ, २२ जेठ । गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत कुमार थापाक्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रबिसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम–२ का प्रकाश साहलाई पक्राउ गरिएको हो ।

यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का कुमार उराउ तथा खोटाङको जन्तेढुङगा गाउँपालिका–३ का पशुपति राईलाई पक्राउ गरिएको हो । उनीहरु सबैलाई गत बुधबार र बिहीबार पक्राउ गरिएको हो । अभियुक्तहरुबाट नगद ३१ लाख ८० हजार रूपैयाँ बरामद भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...