छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

411

विराटनगर । मोरङ र झापामा सोमबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मोरङको बेलवारी नगरपालिका-१ मा सोमबार दिउँसो को९प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएकी स्थानीय १७ वर्षीया कल्पना लिम्बूको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

स्कुटर चालक बेलवारी-४ का २७ वर्षीय अनमोल बस्नेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी झापाको गौरिगञ्ज गाउँपालिका-९ मा को १३ प २०४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौरादह नगरपालिका-९ का ३९ वर्षीय पुरुषोत्तम फुँयलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...