प्रहरीद्वारा फूलचोकी जंगलमा हराएका दुईको सकुशल उद्धार

215

ललितपुर । गोदावरी नगरपालिका-३ स्थित फूलचोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलु गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई आइतबार प्रहरीले सकुशल उद्दार गरेको छ ।

उक्त जंगलमा घुम्न गएका उनीहरु हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका(२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उद्दार गरी अभिभावकको जिम्मा लगाएको हो ।

जाडो याममा हिउँ पर्ने कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुने र बाटो बिराइ मानिसहरु हराउन गई मृत्युसमेत हुने गरेको बिगतको घटनाहरुलाई मध्यनजर गरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी कर्मचारी खटी फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक विवरण इन्ट्री, काउनसिलिङ लगायत सचेतनामूलक बोर्डहरु राख्नुका साथै सुरक्षितरुपमा आन्तरिक पर्यटक तथा स्थानीय बासिन्दा गरी उक्त दिनमासमेत ५ सय जनालाई फुलचोकी घुम्न पठाएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...