हवाईजहाजको ल्याण्डिङ गियरमा बसेर ५१० किमी यात्रा गरेपछि…

157

एजेन्सी । एक १६ वर्षीय किशोरले हवाईजहाजको ल्याण्डिङ गियरमा टाँसिएर अन्तर्राष्ट्रिय उडानको यात्रा गरेको घटना सार्वजनिक भएको छ ।

लन्डनबाट उडेको जहाज नेदरल्याण्डको मास्ट्रिच्ट विमानस्थलमा अवतरण गरेपछि विमानस्थलका कर्मचारीहरुले जहाजको ल्याण्डिङ गियरमा एक किशोर रहेको थाहा पाएका थिए ।

टर्किस एअरलाइन्सको एयर बस ए ३३० कार्गो फ्लाइटमा ल्याण्डिङ गियरमा टाँसिएर ती किशोरले ५ सय १० किलोमिटरको यात्रा गरेका हुन् ।

करिब १९ हजार फिट उचाइको अधिक चिसो तापक्रमका कारण ती किशोर हाइपोथर्मियाबाट ग्रसित भएका थिए ।

अहिले ती किशोरको अस्पतालमा उपचार चलिरहेको छ । यो फ्लाइट केन्याबाट इस्तानबुल हुँदै लन्डन पुगेको थियो ।

यो घटना सार्वजनिक हुनासाथ नेदरल्यान्ड अधिकारीहरुले मानव तस्करी गर्न खोजिएको हो वा हैन भन्ने बारेमा छानविन सुरु गरेका छन् ।

अधिक उचाइ, अधिक चिसो र अधिक लामो उडानका क्रममा ल्याण्डिङ गियरमा टाँसिएका ती किशोर जिउँदो भेटिएपछि ती किशोर अत्यन्तै भाग्यशाली भएको मास्ट्रिच्ट विमानस्थलका प्रवक्ताले प्रतिक्रिया दिएका छन ।

सामान्यतया यस्ता घटनामा मानिसको मृत्यु निश्चित हुने डच न्युज एनएलले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...