व्यवस्था होइन ओली खराब भएकोले राजनीतिक संकट : पूर्वअर्थमन्त्री पाण्डे

232

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली खराब भएकाले अहिलेको राजनीतिक संकट पैदा भएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले ‘वर्तमान राजनीतिक संकटको कारण व्यवस्था कि शासक’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले व्यक्ति र व्यवस्था एक अर्काका परिपूरक भएको बताउँदै व्यक्तिका कारण ठूलाठूला परिवर्तन र प्रतिगमन पनि भएको बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका नेता पाण्डेले प्रधानमन्त्री ओली खराब पात्र भएकाले संविधानमाथि नै धावा बोलेर प्रतिगामी यात्रा सुरु गरेको बताए । अधिकांश बक्ताहरुले अहिलेको राजनीतिक संकटमा व्यवस्था प्रमुख रहेको बताएका छन् । उनीहरुले संसदीय व्यवस्थामा देखिएको संकट व्यक्तिमार्फत व्यक्त भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...