काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी हुनुभएको छ । खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले एक हजार ५२१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले एक हजार १३६ मत प्राप्त गर्नुभएको छ ।