मुस्ताङमा काङ्ग्रेसका गौचन निर्वाचित

21

मुस्ताङ, २२, फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली काङ्ग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधार ढाडु विष्टलाई एक हजार ५०४ मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमाले उम्मेदवार विष्टले एक हजार ८०३ मत प्राप्त गर्नुभयो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमला लालचनले १६१, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ (टाइगर)ले १५१, उज्यालो नेपाल पार्टीका डा.सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका उम्मेदवार अजय विकले नौ मत र मङ्गोल नेशनल अर्गानाइजेसनका उम्मेदवार यमबहादुर गुरुङले तीन मत प्राप्त गर्नुभएको छ ।

मुस्ताङका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रमा ११ हजार ३२८ मतदाता रहेकामा हजार २९८ मत अर्थात् (५६ प्रतिशत ४७) प्रतिशत मत खसेको थियो, जसमध्ये १०७ मत बदर भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...