काठमाडौँका यी स्थानमा हुँदै छ मतगणना

29

काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नम्बर १ को मतगणना सहकारी विभागमा हुँदै छ ।

त्यसैगरी क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालय र क्षेत्र नम्बर को २ को ज्येष्ठ नागरिक कार्यालयमा गणना हुँदै छ ।

क्षेत्र नम्बर ५ को श्री समाज भवन टोखा नगरपालिका–५ को भवनमा र क्षेत्र नम्बर ६ को तार्केश्वर नगरपालिका, धर्मस्थलीमा मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।

क्षेत्र नम्बर ७ को जुडो हल नयाँबजार, क्षेत्र नम्बर ८ को जनउद्धार मावि हरिसिद्धी, काठमाडौँ, क्षेत्र नम्बर ९ को चन्द्रगिरि नगरपालिका, बलम्बु र क्षेत्र नम्बर १० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा मतगणना हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...