१०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

23

तनहुँ, २१ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेश बहादुर रावतले आज मतदान गर्नुभएको छ ।

तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गर्नुभएको हो । मतदानपछि उहाँले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...