नेपाली काङ्ग्रेसका सभापति थापाद्वारा मतदान

12

काठमाडौँ, २१ फागुन । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताउनुभयो ।

“संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो । त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो”, उहाँले भन्नुभयो, “निर्वाचन हुने नहुने द्विविधाकाबिच देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।”

नेपाली काङ्ग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार हुनुहुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...