निर्वाचन देश बनाउने सङ्कल्पको जनमत हो : ईश्वर पोखरेल

19

काठमाडौँ, १४ फागुन । काठमाडौँ निर्वाचन–५ का उम्मेदवार रहेका एवम् नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरुले देश बनाउने सङ्कल्पको जनमतका रुपमा लिएको बताउनुभएको छ ।

सो क्षेत्रअन्तर्गत काठमाडौँ महानगरपालिका–३ स्थित चुनावी कार्यक्रममा नेता पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै आफूहरु देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्नेमा रहेको स्पष्ट गर्नुभयो । उहाँले विकास र राजनीतिक स्थायित्वको प्रमुख एजेण्डा एमालेसँग रहेको तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरू भएका पूर्वाधार र विकासका योजनालाई पूर्णता दिन आवश्यक रहेको बताउनुभयो ।

नेता पोखरेलले आफू झण्डै तीन दशकदेखि काठमाडौँ–५ मा सक्रिय रहेको र यहाँका जनताको सेवाका लागि कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...