इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

5

ललितपुर, ११ फागुन । नेपाली काङ्ग्रेसकी उपसभापति पुष्पा भुसालले उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गर्नुभएको छ ।

नमुना महिला सञ्जाल गोदावरीले आज यहाँ आयोजना गरेको निर्वाचन लक्षित महिला भेलामा उहाँले ललितपुर क्षेत्र नम्बर १ मा धेरै उम्मेदवार भए पनि सबैको पृष्ठभूमि हेरेर मतदान गर्न आग्रह गर्नुभयो ।

उपसभापति भुसालले आफ्नो पार्टीले अगाडि सारेको उम्मेदवार उदयशम्शेर राणा दाग नलागेको, भ्रष्टाचारविरोधी र इमान्दार रहेको दाबी गर्नुभयो । उहाँले राणाको नेतृत्व र निष्ठामाथि कसैले औँला ठड्याउन नसक्ने भन्दै उहाँको विजय नै यस क्षेत्रको विकासको आधार भएको उल्लेख गर्नुभयो ।

काङ्ग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै उपसभापति भुसालले राणाको जितले यस कार्यमा बल पुग्ने धारणा राख्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...