एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : ईश्वर पोखरेल

3

काठमाडौँ, ६ फागुन । नेकपा (एमाले)का नेता तथा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताउनुभएको छ ।

आज टोखामा आयोजित घरदैलो कार्यक्रममा उहाँले भन्नुभयो, “एमालेले देश बनाउने काम गर्छ, देश विगार्ने काम गर्दैन ।”

नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्रयाकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...