उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो : कुलमान घिसिङ

16

काठमाडौँ, २७ माघ । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछि विकल्पको रुपमा आएको सबैभन्दा नयाँ पार्टी भनेको उनेपा भएको बताउनुभएको छ ।

सोमबार उनेपाबाट काठमाडौँ क्षेत्र नम्बर ४ को उम्मेदवारको घोषणा पत्र सार्वजनिक कार्यक्रममा उहाँले जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्यालो नेपाल पार्टी भएको भन्दै उनेपालाई नेपालको नयाँ विकल्पको रुपमा स्थापित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्यालो नेपाल पार्टी हो र जेनजी आन्दोलनपछि सबैभन्दा नयाँ पार्टी भनेको पनि हाम्रो पार्टी हो । पहिलो नयाँ पार्टी विकल्पको रुपमा स्थापना भएको पार्टी पनि यही हो । यो पार्टीले जेनजीको मागलाई पनि लिन्छ र नेपालको नयाँ विकल्पको रुपमा स्थापित हुन्छ ।”

यस्तै, उहाँले उज्यालो नेपाल पार्टी एउटा देशभित्र सम्पूर्ण नेपाली जनताले बुझ्न चाहेको र आबद्ध हुन चाहेको पार्टी भन्दै सबै नेपाली जनताले यो पार्टीलाई विश्वास गरेको बताउनुभयो ।

कुनै स्वार्थबिना जेनजी आन्दोलनको माग, नेपाली जनताको भावना र देशको माग अनुसार भएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमती भएको पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...