कैलाली, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेद्र साह (बालेन) समर्थकहरूसहित कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुर पुग्नुभएको छ ।
मंगलबार उहाँले कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टीकापुरस्थित सम्पर्क कार्यालयमा रास्वपा उम्मेदवार कोलम ज्ञवालीसँग भेटघाट गर्नुभएको हो ।
भेटका क्रममा बालेनले रास्वपा उम्मेदवार ज्ञवालीसँग आगामी प्रतिनिधिसभा निर्वाचन, सुशासन, स्थानीय तह सुदृढीकरण र जनअपेक्षाबारे छलफल गर्नुभएको छ । कार्यक्रममा रास्वपाका कार्यकर्ता तथा समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।
चुनावी अभियानअन्तर्गत बालेनले भेटघाटलाई बाक्लो बनाउनुभएको छ । यससँगै टीकापुर क्षेत्रमा रास्वपाको गतिविधि थप सक्रिय बन्दै गएको समेत देखिएको छ ।