अध्यक्ष साम्पाङद्वारा मनोनयन दर्ता

10

धरान, ६ माघ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।

धरान उपमहानगरपालिकाका पूर्वनगरप्रमुखसमेत रहनुभएका उहाँले सुनसरी निर्वाचन क्षेत्र नम्बरमा पुगेर मनोनय दर्ता गराउनुभएको हो । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार अध्यक्ष राईले धरान उपमहानगरपालिका–८ स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भइरहेको छ ।

जिल्लाभर कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम रहेका छन् । जसका लागि १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...