भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी

7

काठमाडौँ, ६ माघ । नेपाल जनादेश पार्टीकी उम्मेदवार शोभा पाठकले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारका निकायहरुले अन्यायको आवाज नसुनेपछि अब सदनमै गएर आफ्नो आवाज उठाउनका लागि उम्मेदवारी दर्ता गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्यायको आवाजको लागि बोल्नु पर्नेछ । अन्यायको विरुद्ध हिजो सडकमा बोल्दै आएको थिएँ र सरकारका निकायहरुले नसुनेपछि मैले अब सदनमै गएर आफ्नो आवाज उठाउनुपर्छ भनेर नै उम्मेदवारी दर्ता गराएकी हुँ ।”

सोही क्षेत्रमा एमालेका महेश बस्नेत, रास्वपाका राजिव खत्री र नेकपाबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’ले उम्मेदवारी दर्ता गराएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...