अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता

11

झापा, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले आज मनोनयन दर्ता गराउनुभएको हो ।

मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नरहेको बताउनुभयो । अध्यक्ष ओली यसअघि २०७९ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो ।

निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार हालसम्म निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले पनि आफ्नो मनोनयन दर्ता गराइसक्नुभएको छ । साह यसअघि काठमाडौँ महानगरपालिकाकाको प्रमुख हुनुहुन्थ्यो । नगरप्रमुखबाट राजीनामा दिएर साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापा–५ मा उम्मेदवार बन्नुभएको हो ।

सोही क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट नेता रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौला, पिपुल फर्स्ट पार्टीका धर्मराज गुरागाईं, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर मेचे, राष्ट्रिय परिवर्तन पार्टीका सचिन राई र स्वतन्त्र उम्मेदवार मातृका भट्टराईसहित आठ जनाको मनोनयन दर्ता भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...