एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

10

लमजुङ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवार बन्ने हुनुभएको छ । यसअघि बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका गुरुङलाई आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गुरुङ विसं २०७४ मा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मुख्यमन्त्री बन्नुभएको थियो । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुरुङले ३४ हजार ९६९ मत ल्याएर विजयी हुनुभएको थियो । यहाँ चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह छन् ।

नेकपाका तर्फबाट तामाङ उम्मेदवार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि जिल्लाबाट ३६ वर्षीय हरिजङ्ग तामाङ उम्मेदवार बन्न लाग्नुभएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले उहाँलाई उम्मेदवारको टिकट प्रदान गरेसँगै आगामी फागुन हुने निर्वाचनमा उम्मेदवार बन्न लाग्नुभएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...