काठमाडौँ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र नम्बर ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो । पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै आउनुभएको छ ।
अध्यक्ष निरौलाका अनुसार काठमाडौँ क्षेत्र नम्मबर ४ बाहेक सबै उम्मेदवारको नाम टुङ्गो लागिसकेको छ । काठमाडौँ क्षेत्र नम्बर १ मा मोहन रेग्मी, क्षेत्र नम्बर २ मा मणिराम फुयाल, क्षेत्र नम्बर ३ मा रामेश्वर फुयाल, क्षेत्र नम्बर ६ मा अमनमान मास्के, क्षेत्र नम्बर ७ मा प्रकाश श्रेष्ठ, क्षेत्र नम्बर ८ मा राजु शाक्य, क्षेत्र नम्मबर ९ मा अजयक्रान्ति शाक्य र क्षेत्र नम्बर १० मा विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।