टिपर दुर्घटनामा चालकको मृत्यु

1

अर्घाखाँची, २९ पुस । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज साँझ भूमिकास्थान नगरपालिका–३ ठुलाखर्कस्थित भित्री सडकखण्डमा लु२ख ३३२८ नम्बरको टिपर दुर्घटना हुँदा चालक प्युठान जिल्लाका ५८ वर्षीय कुशल रानाको मृत्यु भएको हो ।

गिट्टी लोड गरी ब्याक गर्ने क्रममा अचानक ट्रक सडकबाट करिब चार सय मिटर तल खस्दा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...