धनकुटामा एमालेले गर्‍यो पूर्वमन्त्री राईको एकल सिफारिस

12

धनकुटा, २१ पुस । नेकपा (एमाले) धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्वखानेपानीमन्त्री राजेन्द्र कुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ ।

आइतबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी नेता कार्यकर्ताहरूको भावना भूगोल र चाहनाअनुसार युवाहरूको मनोभावनाअनुसार राईलाई एकल उम्मेदवार बनाउने निर्णय लिएको अध्यक्ष शिव लिम्बूले जानकारी दिनुभयो ।

हालसम्मको छलफलमा जिल्लाका सबै पालिकाका नेता तथा कार्यकर्ताको भावनाअनुसार राईलाई एकल उम्मेदवार सिफारिस गर्ने गरी बैठकमा प्रस्ताव राखेका थिए सोही विषयमा लामो छलफल गरी एकल उम्मेदवार सिफारिस गरिएको अध्यक्ष लिम्बूको भनाइ छ ।

जिल्ला कमिटीका सबै उपस्थित कार्यकर्ताहरूले यो केवल व्यक्तिको मात्र चुनाव नभइ सिङ्गो पार्टीको चुनाव भएकाले चुनाव जिताउन राजेन्द्र कुमार राईलाई नै उम्मेदवार बनाउनुपर्छ, उहाँको नाम एकल रुपमा सिफारिस गरी पठाउनुपर्छ भन्ने पक्षमा रहेकाले आकाङ्क्षी केही नेताहरूलाई सम्झाएर एकल निर्णय लिएको हो ।

एमालेमा केन्द्रीय सदस्य शकुन्तला बस्नेत प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङलगायतका नेताहरु उम्मेदवारको आकाङ्क्षी रहेका थिए । सबै आकाङ्क्षीहरूको धारणा सुनेर सदस्यहरूको सुझावको आधारमा बैठकबाट पूर्वमन्त्री राईको एकल नाम सिफारिस गरिएको अध्यक्ष लिम्बूको भनाइ छ। राई यसअघि पनि प्रतिनिधिसभामा दुईपटक निर्वाचित भएका नेता हुनुनुहुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...