डर्बान । पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका १३ रनले विजयी भएको छ । जितसँगै दक्षिण अफ्रिकाले तीन खेलेको सिरिजमा एक खेल अगावै कब्जा जमाएको छ ।
दक्षिण अफ्रिकाले दिएको २ सय ५३ रनको लक्ष्य पाएको पाहुना टोली पाकिस्तानले २ सय ३९ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका अलिया रियाजले ८१, निदा दारले ५१, ओमाइमा सोहेलले ४१ तथा फतिमा सनाले २२ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
दक्षिण अफ्रिकाका अयबोङ्गा खाकाले ४ तथा मरिजने कप्पले ३ विकेट लिइन् ।
डर्बानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका मरिजने कप्पले ६८, लिजेल लीले ४७, सन लुसले ३२, लौरा वोल्वार्डले २७, लारा गुडल २६ रनको पारी खेलिन् ।
जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिज एक खेल अगावै २-० ले जितेको छ । दक्षिण अफ्रिकाले पहिलो खेलमा पाकिस्तानलाई ३ रनले पराजित गरेको थियो ।