सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी

14

काठमाडौँ, ३ पुस । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट सचिव पदमा केपी शर्मा ओलीको प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

बुधबार आएको अन्तिम मतपरिणामअनुसार सचिव पदमा सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन् । जित्नेमध्ये पहिलो नम्बरमा महेश बस्नेत छन् । उनले १५४४ मत प्राप्त गरेका छन् । पद्‍माकुमारी अर्याल र शेरधन राईले १५३० मत प्राप्त गरेका छन् ।

छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्तले ११०८ मत प्राप्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...