स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

19

टक्सार, २ पुस । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ ।

भोजपुर नगरपालिकासँगको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर पाँच गुल्म हेडक्वाटर टक्सारको आयोजनामा तालिम सुरु गरिएको हो । तालिममा स्थानीय वडाबाट ३२ जनाको सहभागिता छ ।

आगामी पुस २४ गतेसम्म सञ्चालन हुने तालिममा सहभागिलाई विपद् व्यवस्थापन, उद्धार, प्राथमिक उपचार, सडक दुर्घटना जोखिम तथा न्यूनीकरण लगायतका विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गराइने गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...