प्रधानमन्त्री कप : आर्मीको लगातार तेस्रो जित, प्रदेश एक प्रतियोतिबाट बाहिरियो

156
  • भाइरस

काठमाडौं । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब विजयी भएको छ । लगातार तीन खेलमा जित हात पारेको आर्मी क्लब सेमिफाइनल नजिक पुगेको छ भने तीन खेलमा पराजित प्रदेश नम्बर एक प्रतियोगिताबाट बाहिरिएको छ ।

बुधबारको खेलमा आर्मी प्रदेश नम्बर एकमाथि ४ विकेटले विजयी भएको हो । आर्मीको जितमा रोहित पौडेलले ३६, भीम सार्कीले २९ तथा राजेश पुलामी मगरले नटआउट २४ रनको योगदान दिए । यस्तै, आर्मीले २० रन अतिरिक्त पाएको थियो ।

खराब सुरुवात गरेका आर्मीका मध्यक्रमका ब्याट्सम्यानहरुले सम्हालिएर खेलेपछि जित सुनिश्चित भएको हो । आर्मीले सुरुवाती ४ विकेट ४१ रनको स्थितिमा गुमाइसकेको थियो । लोकेश बम १३, हरी चौहान ८, बिनोद भण्डारी ५ तथा अनिल मण्डल शून्य रनमा आउट भएका थिए ।

यसअघि, मुलपानी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश नम्बर एकले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।

प्रदेश एकका विवेक मेहेताले ५०, फिरदोश अन्सारीले ३२, दीपक पासवानले १९ तथा दिपेश कँडेलले ११ रनको पारी खेलेका थिए ।

आर्मीका शाहब आलमले ४ तथा आकाश चन्दले ३ विकेट लिए ।

समूह ‘ए’ मा रहेका आर्मी र प्रदेश नम्बर एकले समान तीन खेल खेलेको छ । आर्मी शतप्रतिशत नतिजासहित ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । यस्तै समान २ अंकसाथ एपिएफ, कर्णाली र गण्डकी क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहँदा प्रदेश नम्बर एक बिना अंकसाथ पुछारमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...