कर्णालीमाथिको जितले प्लेअफ पुग्न मदत गर्छ : कप्तान ऐरी

7

काठमाडौँ, ९ मङ्सिर । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले ह्याट्रिक जित दर्ता गरेको छ । सोमबार कर्णाली याक्सलाई ४५ रनले पाखा लगाउँदै सुदूरपश्चिमले तेस्रो जित निकाल्नुका साथै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

अपराजित सुदूरपश्चिमले लगातार तीन खेल जित्दै छ अङ्क जोडेर शीर्ष स्थानमा उक्लिएको हो । सोमबारको जितपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले प्लेअफ पुग्न सहज भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “लगातार तीन जित निकाल्दा अन्य टोलीलाई पनि दबाब परेको होला । यो जितले हामीलाई प्लेअफमा पुग्न धेरै मदत पुग्नेछ ।”

साथै उहाँले पिचअनुसार आफ्ना खेलाडीले खेलेको र नतिजा पनि आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो खेलबाट नै आज हाइस्कोरिङ म्याच हुँदैन भन्ने लिए खेलेको थियौँ । आफ्ना टोलीका खेलाडीले पिचअनुरूप खेल्यौँ । ब्याटिङमा धेरै राम्रो गर्न नसकिए पनि बलिङमा राम्रो गर्दा नतिजा प्राप्त गर्न सफल भयौँ ।”

यसैबीच, कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा खेलाडीले क्षमताअनुरूप खेल्न नसक्दा हार व्यहोर्नुपर्‍यो । अझै चार खेल बाँकी छन्, त्यसमा राम्रो गर्दै प्लेअफमा पुग्न मेहनत गर्छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...