विद्युत् सम्झौतामा घाटा भएको छैन : मन्त्री घिसिङ

13

काठमाडौँ, ८ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँग विद्युत् खरिद गर्दा घाटा नभएको बताउनुभएको छ ।

राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा मन्त्री घिसिङले भारतसँग ऊर्जा व्यापारका लागि द्विपक्षीय सम्झौता भएपछि सस्तो मूल्यमा विद्युत् खरिद भइरहेको स्पष्ट पार्नुभयो ।

“भारतसँग द्विपक्षीय सम्झौता नभएको भए प्रतियुनिट आठ रुपैयाँ १० पैसामा विद्युत् किन्नुपर्ने बाध्यता थियो, सम्झौतापछि प्रतियुनिट छ रुपैयाँ ९५ पैसामा विद्युत् खरिद भइरहेको छ, यसबाट करिब एक अर्ब २० करोड रूपैयाँ बचत भएको छ ।” सोही सम्झौताअनुसार भारतबाट १८० मेगावाट विद्युत् खरिद भइरहेको उहाँले बताउनुभयो ।

त्यस अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जाडोयाममा आपूर्ति सुनिश्चित गर्न भारतबाट विद्युत् आयात अपरिहार्य भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...